स्वास्थ्य / वातावरण

डाक्टर केसीसँग वार्ताको पहल भएन

फाइल तस्बिर– सोलिडारिटी फर प्रा.डा. गोविन्द केसी फेसबुकबाट
एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन ७, २०७७

काठमाडाैं– चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राखेर १९ औं पटक अनशन थालेको १० दिन पुगे पनि सरकारले प्राध्यापक डा. गोविन्द केसीसँग वार्ताको पहल गरेको छैन । जसले गर्दा डा. केसीको स्वास्थ्यमा जटिलताको जोखिम बढेको छ । बुधबार बेलुकीसम्म सरकारका तर्फबाट वार्ताको कुनै पहल नभएको डा. केसीका सहयोगी प्रितम सुवेदीले शिक्षापत्रलाई जानकारी दिए । उनका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन डा. दिव्या सिंह शाह बुधबार दिउँसो केसीलाई भेट्न पुगे पनि वार्ताको बारेमा कुनै कुरा भएन ।

केसीलाई पहिलो सत्याग्रहदेखि नै सहयोग गर्दै आएका अभियन्ता डा. जीवन क्षत्री र पुकार बमले पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल नगरेको बताए । अनशन सुरु गरेको १० दिन भइसकेकाले केसीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा जोखिम पनि बढिरहेको डा. क्षत्रीले बताए । डा. केसीले कुनै पनि उपचार गर्न मानेका छैनन् । आफू बिरामी नभएर सत्याग्रही भएकाले माग पूरा हुनासाथ अनशन तोडिहाल्ने डा. केसीको भनाइ रहेको सुवेदी बताउँछन् । केसीको शरीरमा स्लाइन चाहिँ चढाइएको छ ।

पटक–पटकको अनशन बसाइ तथा पाको उमेर भएकाले केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको अभियन्ता बमले जानकारी दिए । उनका अनुसार डा.केसीको मुटुको चाल, रक्तचाप र रगतमा चिनीको मात्रामा पनि उत्तरचढाव हुने लगायतका समस्या देखिएका छन् । डा. केसीले भदौ २९ गते जुम्लामा १९ औं अनशन सुरु गरेका हुन् । उनलाई त्यहाँबाट नेपालगन्ज हुँदै मंगलबार काठमाडौं ल्याइएको हो । यसअघि आफूसँग गरिएका सहमति पूरा हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने लगायत डा. केसीका माग छन् ।

यसैबीच, नेपाली कांग्रेसले डा. केसीका माग पूरा गरी उनको जीवन जोगाउन सरकारसँग आग्रह गरेको छ । केसीको स्वास्थ्यमा बढ्दो प्रतिकूलताको जोखिम दृष्टिगत गरी तत्काल वार्ता समिति गठन गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको हो । कांग्रेसले बुधबार विज्ञप्ति निकालेर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन गर्न’ आग्रह गरेको हो । त्यसैगरी ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पतालसम्म पुग्दा सरकारले गरेको व्यवहारले केसीको अपमानका साथै सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर गरेको पनि कांग्रेसले आरोप लगाएको छ ।

मंगलबार डा. केसीलाई जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोमा सर्वत्र विरोध भएपछि बुधबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सारिएको छ । डा. केसीलाई इमर्जेन्सीबाट वार्डमा सारिएको अभियन्ता बमले जानकारी दिए ।

प्रकाशित : आश्विन ७, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप स्वास्थ्य / वातावरण

थप २७ सय ३६ जनामा कोरोना

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोभिड–१९ का कारण ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

जाडोमा झन् जोखिम

जाडोमा सूर्यको प्रकाश कम हुँदा शरीरमा भिटामिन डीको कमी हुन्छ। जसले गर्दा कोषहरूमा असर पर्छ। र शरीरमा प्रतिरोधी क्षमतामा पनि कमी हुन्छ। त्यो समयमा भाइरसले शरीरमा तुलनात्मक रूपमा बढी असर पार्छ।

थप २५ सय ५१ जनामा कोरोना

काठमाडौंमा १ हजार १ सय ३६, ललितपुरमा २ सय १ र भक्तपुरमा ९१ जना गरी काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना छन् ।

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo