ए ! मान्छे,
सक्छौ त–
बिरामी पहाडदेखि जोगिएर बस,
सक्दैनौ त–
पहाड झन् बिरामी हुने काम नगर ।
यो कवितांश राजेन्द्र तारकिणीका फेसबुकमा प्रकाशित पछिल्लो कविताको अन्तिम हरफ हो । कवितांशले अहिले चलिरहेको पहिरो र त्यसले पुर्याएको जनधनको क्षतिमा मानिसको भूमिका र त्यसमाथि खबरदारी गरेको छ ।
आफूलाई लागेका कुरा शब्दमा सिँगार्ने बैतडीका तारकिणी काठमाडौंमा बस्छन् । उनले समाजशास्त्र र अर्थशास्त्र पढे । साहित्य उनको रुचि अनि पत्रकारिता पेसा हो । न्युज २४ नेपालमा डेस्क एडिटरका रूपमा कार्यरत उनी फोटोग्राफी तथा चित्रकलामा पनि माहिर छन् । उनका केही कृतिहरू प्रकाशित पनि छन्, आमाको वेदना (कविता संग्रह,) नारीपूजा (खण्डकाव्य), बहिरो जीवन (मुक्तक संग्रह) उनका साहित्यिक कृतिहरू हुन् । उनको मुक्तक संग्रहको नामकरण उनको जीवनको यथार्थ पनि हो । उनी लेख्न त सक्छन् नै, बोल्न पनि सक्छन् । तर उनी अरूले बोलेको भने सुन्न सक्दैनन् । किशोरकालको मध्य समय (पन्ध्र, सोह्र वर्षको उमेर) मा हाडे रोगको संक्रमणको कारणले श्रवणशक्ति गुमाए तर बहिरोपनले उनको आत्मविश्वासमा कमी आएको छैन । उनको अथक प्रयासकै कारण कविता निबन्धमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरस्कृत भइसकेका छन् ।
नवलपरासीका रञ्जीत थापाले पनि तारकिणीले झैं दश वर्षको उमेरमा श्रवणशक्ति गुमाए । उनीहरूका समस्या पनि समान छन् । बोल्न सक्ने तर सुन्न नसक्ने । तर रञ्जीत पनि आफ्नो भाग्यलाई दोष दिएर बसेनन् । बरु अथक प्रयास र आत्मविश्वासले मूर्तिकारको परिचय बनाए । उनी निर्जीव ढुंगालाई विभिन्न आकार दिएर मूल्यवान बनाउँछन् । उनको लक्ष्य भनेकै कलालाई पेसा बनाउने हो ।
जन्मँदै श्रवणशक्ति गुमाएका राघव शर्मा पोखरेल बोल्न र सुन्न सक्दैनन् तर क्यानभासमा कुची चलाउन माहिर छन् । काठमाडौंका राघवले बनाएका चित्र कसैको घरको पर्खालमा झुन्डिन्छ भने उनले बनाएका ट्याटुहरू अरूको शरीरमा खोपिएर विभिन्न गाउँसहरमा सयर गर्छन् ।
बाह्र वर्षको उमेरदेखि चित्र कोर्दै आएका उनी प्राकृतिक दृश्यको चित्र कोर्न मन पराउँछन् । ट्याटु आर्टिस्ट बनेको भने पाँच वर्ष जति मात्र भयो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत ब्याचलर अफ फाइन आर्टका विद्यार्थी रहेका राघव भविष्यमा पेसेवर चित्रकार तथा ट्याटु आर्टिस्ट बन्न चाहन्छन् ।
अपांगता समस्या होइन, फरक क्षमता हो । अपांगतासँग निश्चय नै केही शारीरिक समस्या जोडिन्छन् । तर आत्मविश्वास र अथक प्रयासलाई जितेर सबलाङ्गले झैं केही गर्न सक्छन् । यसका उदाहरण राजेन्द्र तारिकिणी, राघव शर्मा पोखरेल र रञ्जीत थापा मात्र होइनन् । समाजमा अरू पनि धेरै यस्ता व्यक्तिहरू छन् जो अपांगतासँग लडेर आफ्नो जीवनलाई सार्थक बनाउने प्रयासमा छन् ।
इनिमा महर्जन बोल्न र सुन्न दुवै सक्दिनन् । ब्याचलर अफ कम्प्युटर एप्लिकेसनमा अध्ययनरत काठमाडौंकी इनिमाको रुचि फोटोग्राफीमा छ । छोरीको रुचिलाई चिनेर अभिभावकले एडीएसएल क्यामरा उपहार दिएपछि इनिमाको कल्पनाको उडानले आकास छुन खोज्दै छ । काठमाडौं र लुम्बिनीमा एकल फोटो प्रदर्शनी गरिसकेकी छन् । उनी फोटोग्राफीको मर्म र भावलाई मनले बुझेर क्यामरामा उतार्छिन् ।
चित्रकला र अभिनयमा पारङ्गत प्रतिज्ञ शाक्य जन्मजात बहिरा हुन् । काठमाडौंका प्रतिज्ञले नेपाली सांकेतिक भाषा शब्दकोशमा भएका सबै संकेतहरूलाई (४,७०० शब्द संकेत) चित्रांकन गरेका छन् । काठमाडौं बहिरा संघको आयोजना तथा विशेष शिक्षा परिषद्को सहयोगमा एकल चित्रकलाको प्रदर्शनी पनि गरिसकेका छन् । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सम्मान र पुरस्कार पनि उनको पोल्टामा परिसकेको छ । प्रतिज्ञले नाटकमा अभिनय पनि गरेका छन् । उनी अभिनीत नाटक ‘मान्छे मान्छेहरू’ राष्ट्रिय नाटक महोत्सव २०५८ मा पहिलो भएको थियो ।
काठमाडौंकी शिखा प्रधान चित्रकारितामा रमाउन सिकेकी छन् । उनले पनि जन्मदै श्रवणशक्ति गुमाएकी थिइन् । चित्रकलासँगै उनको रुचि अभिनयमा पनि छ । त्यसैले उनी प्रकृतिको चित्र कोर्नुका साथै सांकेतिक भाषाको नाटकमा अभिनय गर्छिन् । कला विषय लिएर अध्ययनरत शिखा भविष्यमा अरू बहिरा बालबालिकाहरूका लागि चित्रकला सिकाउने स्कुल खोल्न चाहन्छिन् ।
काठमाडौंका सुरेश शाही आफूजस्तै पर्यटकलाई सेवा दिन्छन् । एक वर्षको उमेरमा दुर्घटनामा परेपछि उनी सदाका लागि बहिरा हुन पुगे । दुर्घटनाले उनको श्रवणशक्ति खोसे पनि आत्मविश्वास भने खोस्न सकेन । त्यही आत्मविश्वासले ट्रेकिङ सम्बन्धी तालिम लिन भारत पुर्यायो । त्यहाँबाट १५ दिने तालिम लिएर फर्केपछि नेपाली र विदेशी बहिरा तथा सुन्न नसक्ने व्यक्तिहरूलाई आफ्नो सेवा दिन थाले । विगत ३१ वर्षदेखि उनी यही काममा रमाइरहेका छन् ।
समाजमा यस्ता क्षमतावान् श्रवणशक्ति नभएका व्यक्तिहरू प्रशस्तै भेटिन्छन् । अर्काेतिर आफ्नो समस्यासँग जुध्न तथा क्षमता पहिचान गर्न नसकेका सुस्तश्रवण पनि धेरै छन् । उनीहरूले परिवार र समाजको अपहेलना खेपिरहनुपरेको छ । तर समाजले सम्मान गर्दै उनीहरूको हौसला र आत्मविश्वास बढाउनुपर्छ । उनीहरूको आत्मविश्वास बढाउन तथा क्षमतामा निखारता ल्याउन राज्यले पनि लगानी गर्नुपर्छ ।
सन् १९५८ मा इटालीको रोममा पहिलोपल्ट अन्तर्राष्ट्रिय बहिरा सप्ताह मनाइएको थियो । त्यसपछि यो कार्य निरन्तर जारी छ । यसपालि पनि २१ सेप्टेम्बरदेखि २७ सेप्टेम्बरसम्म (५ असोजदेखि ११ असोजसम्म) यो सप्ताह मनाइँदै छ । २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्याको दुई प्रतिशत व्यक्तिहरू अपांगता भएका छन् । त्यसमा श्रवणशक्ति नभएका व्यक्तिहरू १५.४ प्रतिशत अर्थात् ७० हजार ३ सय ७ जना र सुस्तश्रवण र दृष्टिविहीनहरूको संख्या ९ हजार ४ सय ३६ छ । तर बहिरोपन भएका व्यक्तिसँग प्रत्यक्ष सरोकार राख्ने संस्थाहरूले यो संख्यालाई मान्दैनन् । ३ देखि ४ लाखको हाराहारीमा बहिरा व्यक्ति छन् भन्ने उनीहरूको दाबी छ ।
सुनाइमा पहुँच नभएपछिको सञ्चारमा बाधा आउनु नै बहिरोपन हो । यसले गर्दा बहिरोपन भएकालाई सामान्य मानिसलाई झैं सहज हुँदैन । तर परिवार तथा समाजले यिनीहरूको होस्टेमा हैंसे गरिदिएमा उनीहरू आफ्नो क्षमता र सीप प्रयोग गरेर अघि बढ्छन् ।
अघिल्लो वर्षबाट नेपाल प्रज्ञा प्रतिष्ठानले पनि भव्य रूपमा गजल महोत्सव सुरु गरेको थियो। कोरोना महामाहरीका कारण मेहफिलहरू भर्चुअल दुनियाँमा सीमित हुन बाध्य छन्।
कलाकारका लागि म्युजिक भिडियो आम्दनीको स्रोत भए पनि लगानीकर्ताका लागि आम्दानीका स्रोत बन्ने अवस्था आइसकको छैन। त्यसकारण पनि लगानीकर्ताले भाइरल प्रवृत्तिको पछि लाग्नुभन्दा गीतको मर्मलाई केन्द्रमा राख्नुपर्ने निकेशको सल्लाह छ ।
लकडाउन सुरु हुने भएपछि उनीहरूलाई लाग्याे आफुले जानेको कुरा गराैं जसले संकटका बेला आम नागरिकलाई सहयोग गरोस्। उनीहरूको मतो मिल्यो। नाम जुराए–‘संकटमा साथी र सुरु गरे पडकास्ट। जुन अहिले २० वटा रेडियाेबाट पनि प्रसारण भइरहेकाे छ ।
प्रतिक्रियाहरू