राष्ट्रिय

डा. केसीले फर्काइदिए सरकारी टोली

एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन २०, २०७७

काठमाडौं– अनसन बसेको २३ औं दिन सरकारले डा. गोविन्द केसीप्रति चासो देखाएको छ।

डा. केसीको जिवनरक्षाका लागि चौतर्फी दबाब बढेपछि मंगलवार स्वास्थ्य सचिवसहितको सरकारी टोली त्रिवि शिक्षण अस्पताल पुगेको थियो। सरकारले औपचारिक वार्ता टोली गठन नगरेसम्म हचुवाका भरमा कुरा नगर्ने भन्दै डा. केसीले सरकारी टोलीलाई फिर्ता पठाइदिए।

डा. केसी र सरकारी टोलीबीच करिव एक मिनेट दोहोरो संवाद भएको थियो। तर, डा. केसीले ‘सरकार गम्भीर छ भने औपचारिक रूपमा वार्ता टोली गठन गरेर कुरा गरौं’ भन्दै उनीहरूलाई फर्काइदिएको सहयोगी प्रितम सुवेदीले बताए।

डा. केसीको भनाई उधृत गर्दै सुवेदीले भने, ‘माग सम्बोधन गर्ने भए वार्ता टोली गठन गर्नुहोस्। तर, त्यतिकै आएर काम छैन।’

शिक्षा सचिवसहितको टोलीले डा. केसीलाई भेटेर अनसन तोड्न आग्रह गरेको थियो। ‘उहाँहरूले सरकारले औपचारिक रुपमा वार्ता टोली गठन नगरेको जानकारी दिनुभयो’, सुवेदीले भने।

सरकारका प्रवक्ताले यसअघि नै अनसन बस्न आवश्यक नभएको बताएकाले केसीलाई दुःख नपाउन पनि शिक्षा सचिवले आग्रह गरेको सुवेदीले बताए। विभिन्न संघसंस्था तथा व्यक्तिले केसीको जीवन रक्षाका लागि सरकारसँग अपिल गरेका छन्। चिकित्सक संघले सरकारलाई वार्ताका लागि अल्टिमेटम नै दिएको छ‍।

प्रकाशित : आश्विन २०, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप राष्ट्रिय

कमालको कालिका

सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले प्रायः आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेको देखिन्छ। कालिका माविको कुरै बेग्लै छ। शिक्षक÷कर्मचारीका बालबच्चा अन्यत्र पढदैनन्, कालिकामै पढछन्।

किन बढ्दै छ बलात्कार ?

बलात्कारविरुद्ध साना–ठूला आन्दोलन भइरहेकै छन्, तर बलात्कार बढेको बढ्यै छ । कानुन संशोधन गरेर बलात्कारीमाथि कडा कारबाहीको माग गर्नेहरू फेसबुकमा मात्र होइन, सडकमा पनि उत्रिन थालेका छन्।

गणेश गौरव

नयाँ भर्नाका लागि आउने विद्यार्थीसँग पनि प्रवेश परीक्षा लिइन्छ। बाहिरबाट आएका विद्यार्थी अंग्रेजीमा कमजोर छन् भने उनीहरूलाई नेपाली माध्यमबाट पढाइ हुने अन्य विद्यालयमा जान आग्रह गरिन्छ।

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo