समाचार

प्रधानमन्त्रीको संकेत कुर्दै वार्ता टोली

डा. केसी र सरकारी पक्षबीच सहमतिको मस्यौदा तयार भए पनि निर्णय लिन बालुवाटारको ढिलाइ

२६औं दिनको अनशनमा डा. गोविन्द केसी। तस्बिर सौजन्य – तोसिमा कार्की
एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन २३, २०७७

काठमाडाैं– अनशनरत डा. गोविन्द केसी र सरकारबीच शुक्रबार साँझसम्म पनि सम्झौता हुन सकेन। साँझ आठ बजेसम्म सरकारी वार्ता टोलीले वार्ताका लागि खबर नगरेको डा. केसीका तर्फबाट वार्ताटोलीका संयोजक डा.जीवन क्षेत्रीले जानकारी दिए। क्षेत्रीले शुक्रबार साँझ शिक्षापत्रसँग कुरा गर्दै भने, ‘हामीलाई केही खबर आएको छैन। हामी भने स्ट्यान्डबाई बसेका छौं।’

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले कुनै पनि बेला उनको स्वास्थ्यमा जटिलता निम्तिन सक्नेतर्फ उपचारमा संलग्न चिकित्सकले सचेत गराएका छन्।

बिहीबार साँझ अबेरसम्ममा सहमतिको मस्यौदा तयार भइसकेको थियो। डा.केसी पक्षको आन्तरिक गृहकार्य सकिएको भए पनि सरकारी पक्षको गृहकार्य बाँकी थियो। सरकारी पक्षले प्रधानमन्त्री केपी ओलीलाई भेटेपछि सहमतिलाई अन्तिम रूप दिने भनेपछि वार्ता शुक्रबार बस्ने गरी स्थगित भएको थियो।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै जुम्लाबाट १९ औं पटकको अनशन सुरु गरेका डा. केसीले सरकारसँग छ बुँदे माग राखेका छन् । शुक्रबार उनले अनशन थालेको २६ औं दिन भइसकेको छ।

प्रकाशित : आश्विन २३, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप समाचार

योगमायाको योगदान

अन्याय चरम हुन पुगेको अनुभव गर्दै ३१ असार १९९८ शनिबार हरिशयनी एकादशीको बिहानै अरुण नदीको उर्लंदो भेलमा योगमाया सहित ६८ जनाले देह त्याग गरे ।

माइतीघरमा चेलीको प्रदर्शन

‘#अझैकतिसहने?’ अभियानले गरेको प्रदर्शनका सहभागीहरूले कालो पोशाक, कालै मास्क रआँखामा कालो पट्टी बाँधेका थिए ।

अस्पतालको अत्याचार, सरकार लाचार

सरकारले हात झिकेपछि कोरोना उपचारका नाममा अस्पतालको बढ्दो मनोमानी

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo