अर्थपत्र

मदिरामा मन्दी

एजुकेशन टाइम्स संवाददाता
पुष्प काेइराला
कार्तिक ६, २०७७

काठमाडौं– दशैं–तिहारजस्ता मुख्य चाडपर्वमा पनि यस वर्ष मदिराको खपत दुई तिहाइले कमी आउने भएको छ। देशभित्र कुल खपतको ४० प्रतिशत दशैं–तिहारलगायतका मुख्य चाडपर्वकै अवसरमा हुन्थ्यो। चाडवाडमा साबिक महिनाभन्दा ३ गुणासम्म बढी मदिरा खपत हुने गरेको थियो। कोरोना महामारीका कारण चाडबाडमा हुने खपतमा ६६ प्रतिशतसम्म कमी आउने एक मदिरा उद्योगीले बताए।

‘देशभित्रै सञ्चालित मदिरा उद्योगको ८० प्रतिशत बजार खस्किएको छ,’ उनले भने, ‘सबै स्वदेशी कम्पनीको डिस्ट्रिब्युटर, हालसेल्स र रिटेलको पाइपलाइन सेल्स न्यून छ। त्यसैले हामी अहिले मिडियासँग खुलेर बोल्न सक्ने अवस्थामा पनि छैनौं।’

मदिरा आयातको अवस्था

पुरानो स्टकको भुक्तानी गरिसकेपछि क्रेडिटमा नयाँ स्टक दिने गरिन्छ। तर, लकडाउन र कोरोना महामारीका कारण बिक्री कम भएको छ। पहिलाकै स्टकको भुक्तानी दिन नसकेपछि उद्योगबाट वितरक, वितरकबाट होलसेल र होलसेलबाट रिटेलसम्मको बिक्रीमा गिरावट आएको छ।

‘मदिरा धेरै खपत हुने पर्यटन उद्योग ठप्प छ, पार्टीभोज ठप्प छ,’ उनले भने, ‘मानिसलाई जिउन नै गाह्रो भएको बेला मदिराको खपत घट्नु स्वनभाविक पनि हो।’

मदिरा आयात घट्यो
सरकारले १६ चैतदेखि असोज २२ सम्म मदिरा आयातमा रोक लगायो। महामारीले अर्थतन्त्रमा नाकारात्मक असर पार्ने भएकाले विलासी वस्तुको आयातमा रोक लागाउने निर्णय गरेको थियो। यसबेला मदिराको आयात स्वात्तै घटेको छ।

गत आर्थिक वर्ष २०७६/७७ मा करिब ८८ करोड रुपैयाँको ४ लाख ९३ हजार लिटर मदिरा आयात भएको थियो। यसअघि आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब १४ करोड रुपैयाँको ६ लाख ४० हजार लिटर मदिरा आयात भएको थियो। आर्थिक वर्ष २०७४/७५ मा ९० करोड रुपैयाँको ५ लाख ४१ हजार ९ सय ९६ लिटर मदिरा आयात भएको थियो। चालुु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा १२ करोड २५ लाख रुपैयाँको मदिरा आयात भएको छ।

तर, चालु वर्ष पहिलो त्रैमासको (साउन, भदौ र २२ असोज) सम्म मदिरा आयात ठप्प थियो। कसरी भयो त आयात ? भन्सार विभागका महानिर्देशक सुमन दाहाल भन्छन्, ‘सरकारको निर्णयभन्दा पहिला नै आयातका लागि एलसी खोलिसकेका, लोड भइसकेका र बाटोमा आउने क्रममा रहेका मदिरा आएका हुन्। प्रतिबन्ध लगाएको बेला कसैलाई नयाँ आयात गर्न दिइएको थिएन।’

२२ असोजमा प्रतिबन्ध खुलेपछि अब भने आयात बढ्ने उनले बताए। विगत ६ महिनादेखि नयाँ आयात नभएकाले अब आयात बढेको देखिने पनि उनले बताए।

किन रोकिएन विदेशी आयात
हाल नेपालमा गोर्खा बु्रअरी प्रालि, माउन्ट एभरेस्ट बु्रअरी प्रालि, नेपाल लिक्वेर प्रालि, रोयल काठमाडौं हिमालय वेभरेज प्रालि, श्री डिस्टिलरी, सुमी डिस्टिलरी, द नेपाल डिस्टिलरिज, टाइगर बु्रअरिज इन्डस्ट्रिज, युनाइटेड बु्रअरी, बरुण वेभरेजलगायत उद्योगले मदिराजन्य पेयको उत्पादन गरिरहेका छन्। वल्र्ड दरबार, सिग्नेचर, रोयल स्टेग जस्ता ह्वीस्की उत्पादन नेपालमै भइरहेको छ। त्यस्तै, रम, भोड्का, बियर नेपालमा उत्पादन हुने गरेका छन्। तर, विदेशी पनि आयात भइरहेको छ। लकडाउन र महामारीका कारण लगाइएको रोकले आयात घटेपछि फेरि त्यो उकालो लाग्ने देखिएको छ।

‘नेपाली ब्रान्डका मदिरा पनि गुणस्तरीय छन्,’ विभागका महानिर्देशक दाहालले भने, ‘कसैले विदेशबाट आयात गर्छु भन्यो भने रोक्न सकिँदैन।’

मदिरा आयात नेपाल सरकारको राजस्व आम्दानीको प्रमुख स्रोत पनि हो। त्यसो हुँदा पनि आयातलाई रोक्न सकेको छैन। ‘आयात रोक्दा त्यसले राजस्व घट्ने मात्र होइन, यसको अप्रत्यक्ष असर धरै ठाउँमा पर्छ। सबैभन्दा ठूलो असर त पर्यटन उद्योगमै पर्छ,’ उनले भने।

प्रकाशित : कार्तिक ६, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप अर्थपत्र

कोरोनाविरुद्ध एनसेलको अभियान

एनसेलले जनस्वास्थ्य चेतना जगाउन नेपाल सरकार र युनिसेफसँग सहकार्य गरिरहेको छ ।

दराजको ‘सेल ११/११’ मा छुटैछुट र रमाइला खेल

११/११ मा ग्राहकले ‘दराजवन रुपैयाँ गेम’, ‘एड टु कार्ट एण्ड विन’, ‘मिसन ११/११’ र ‘डिएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइला गेममा भाग लिएर आकर्षक पुरष्कार जित्ने मौका पनि पाउने छन् ।

विश्व बैंकद्वारा साढे ९ करोड ऋण स्वीकृत

नेपालसहित श्रीलंका र मालद्विभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हडाड जर्भोसले यो परियोजना मार्फत सरकार र निजी क्षेत्रको सहकार्यमा विश्व बजारमा नेपालको कृषि उत्पादनको ब्राण्ड स्थापित गर्न सहयोग गर्ने उल्लेख गरेका छन् ।

१३ फाल्गुन २०७७, बिहीबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo