अर्थपत्र

चाडबाडमा सुलभ दरमा धेरै कुराकानी

एजुकेशन टाइम्स संवाददाता
शिक्षापत्र संवाददाता
कार्तिक १३, २०७७

काठमाडौं–चाडपर्वको अवसरमा एनसेलका प्रिपेड ग्राहकले अझै सुलभ दरमा धेरै कुराकानी गर्न पाउने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले ‘प्लस’थिम अन्तर्गत ‘इन्डलेस कुराकानीप्लस’अफरमा ५ कार्तिकदेखि आकर्षक सुविधा थपेको छ । यसबाट ग्राहकले एनसेल नेटवर्कभित्र र अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग सुलभ दरमा कुराकानी गर्नसक्नेछन् ।

भ्वाइसप्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा करसहित प्रतिमिनेट १ रुपैयाँ २८ पैसामा कुरा गर्न सक्नेछन् । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा २ रुपैयाँ ५४ पैसा प्रतिमिनेट शुल्क लाग्छ ।

एनसेलले यही योजना अन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्कभित्रको कल शुल्क पनि घटाएको छ । इन्डलेस कुराकानीप्लस अन्तर्गत भ्वाइस प्याकलिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् । अन्यअवस्थामा एनसेल नेटवर्कभित्र कल गर्दा २ रुपैयाँ ५४ पैसा प्रतिमिनेट शुल्क लाग्छ ।

एनसेलका अनुसार इन्डलेस कुराकानीप्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिनवा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार चलाउन सक्छन् । ७ दिन समय सिमा रहेको प्याकमा ग्राहकले ९५ रुपैयाँ ७७ पैसामा७०० मिनेट अननेट टक टाइम (हरेक दिन १०० मिनेट टक टाइम) प्राप्त गर्नेछन् । त्यस्तै गाहकले मात्र १९१ रुपैयाँ ५४ पैसामा १५ दिने प्याक सुचारु गरी प्रत्येकदिन १२५ मिनेट र ३८१ रुपैयाँ ७९ पैसामा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

प्रिपेड ग्राहकले ‘एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ ह्यास’ डायल गरी निर्देशनअनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याकलिन ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक लिन सक्छन् ।

आफ्नो थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले वायर फ्रीप्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युबप्लसका साथै इण्डलेस कुराकानीप्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइसिमप्लस योजना ल्याइसकेको छ । ‘प्लस’थिमले नवीन र विशेष सेवाहरुको साथग्राहकलाई हरेक पल जहाँ भएपनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

प्रकाशित : कार्तिक १३, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप अर्थपत्र

कोरोनाविरुद्ध एनसेलको अभियान

एनसेलले जनस्वास्थ्य चेतना जगाउन नेपाल सरकार र युनिसेफसँग सहकार्य गरिरहेको छ ।

दराजको ‘सेल ११/११’ मा छुटैछुट र रमाइला खेल

११/११ मा ग्राहकले ‘दराजवन रुपैयाँ गेम’, ‘एड टु कार्ट एण्ड विन’, ‘मिसन ११/११’ र ‘डिएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइला गेममा भाग लिएर आकर्षक पुरष्कार जित्ने मौका पनि पाउने छन् ।

विश्व बैंकद्वारा साढे ९ करोड ऋण स्वीकृत

नेपालसहित श्रीलंका र मालद्विभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हडाड जर्भोसले यो परियोजना मार्फत सरकार र निजी क्षेत्रको सहकार्यमा विश्व बजारमा नेपालको कृषि उत्पादनको ब्राण्ड स्थापित गर्न सहयोग गर्ने उल्लेख गरेका छन् ।

२४ फाल्गुन २०७७, सोमबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo