विश्व बैंकले नेपालको ग्रामीण व्यवसाय तथा आर्थिक विकाससम्बन्धी परियोजनाका लागि करीब साढे ९ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ ।
नेपालको कृषि क्षेत्र तथा कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानलाई सहयोग गर्ने यो परियोजनाका लागि ऋण सहायता अनुमोदन गरिएको विश्व बैंकको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकका अनुसार परियोजनाले ग्रामीण कृषि व्यवसायको बजार पहुँच बढाउँदै उद्यमशीलता प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्नेछ । विशेषतः महिलाले चलाएका कफी, चिया, फलफूल तथा जडिबुटी लगायतका परियोजनालाई सहयोग गरिनेछ ।
नेपालसहित श्रीलंका र मालद्विभ्सका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हडाड जर्भोसले यो परियोजना मार्फत सरकार र निजी क्षेत्रको सहकार्यमा विश्व बजारमा नेपालको कृषि उत्पादनको ब्राण्ड स्थापित गर्न सहयोग गर्ने उल्लेख गरेका छन् ।
केही समयअघि विश्व बैंकको सहायताको कृषि व्यावसायीकरण तथा व्यापार आयोजनासहितका परियोजनामा आर्थिक अनियमितता भएका खबरहरु सार्वजनिक भएका थिए ।
प्रकाशित : कार्तिक १३, २०७७
प्रतिक्रियाहरू