काठमाडौं–नेपालको अग्रणी अनलाइन शपिङ्ग बजार ‘दराज’ले आफ्नो वार्षिक ‘११/११ सेल’ यही नोभेम्बर ११, २०२० (२६ कार्तिक)मा आयोजना गर्ने भएको छ ।
अलीबाबाको ११/११ सेल चीनबाट सुरु भई अहिले विश्वको धेरै देशमा मनाइन्छ । ११/११ मा ग्राहकले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निः शुल्क डेलिभरी, भौचर र अन्यमार्फत ६ हजार बढी विक्रेता र १६० बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डले बेच्दै आएका ५ लाखभन्दा बढी उत्पादनमा धेरैभन्दा धेरै छुट पाउनेछन् ।
यसपालिको ११/११ सेलमा ग्राहकले साझेदार बैंकहरूको डेबिट र क्रेडिट कार्डमार्फत समान अर्डर गर्दा २० प्रतिशत (३ हजार रुपैयाँ सम्मको) छुट पाउनेछन् । यसको लागि नबिल बैंक, एनआईसी एसिया, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकका कार्डधारकहरू योग्य हुने दराजले जनाएको छ ।
छुटको मजा लिन ग्राहकले आफ्नो बैंक कार्डमार्फत अनलाइन सपिङ गर्न मिल्ने हुनपर्छ । ग्राहकले कार्ड एक्टिभेट गर्न सम्बन्धित बैंकमा सम्पर्क गर्न सक्नेछन् ।
११/११ मा ग्राहकले ‘दराजवन रुपैयाँ गेम’, ‘एड टु कार्ट एण्ड विन’, ‘मिसन ११/११’ र ‘डिएफजी लुडो प्रतियोगिता’ जस्ता रमाइला गेममा भाग लिएर आकर्षक पुरष्कार जित्ने मौका पनि पाउने छन् ।
‘दराज वन रुपैयाँ गेम’मा ग्राहकले महंगा सामान जम्मा एक रुपैयाँमा जित्न सक्नेछन् । ‘एड टु कार्ट एण्ड विन’मा आफ्नो दराज एपको कार्टमा राखेको समान जित्न सक्छन् भने लुडो प्रतियोगितामा थप पुरष्कारसहित १५ हजार रुपैयाँ जित्न सक्नेछन् । साथै, ग्राहकले ११/११ मा सपिङ गर्दा ८ लाख रुपैयाँ बराबरको नयाँ टीभीएस अपाचे आरआर ३१० पनि जित्न सक्नेछन् ।
११/११ को दिनमा दराज एप र वेबसाइटमा ५ लाखभन्दा बढी प्रयोगकर्ताको उपस्थिति हुने अनुमान आयोजकको छ । त्यसैले नेपालका २७ शहरमा द्रुत वितरण सुनिश्चित गर्न र सबैभन्दा राम्रो ग्राहक अनुभव प्रदान गर्न दराजले ९०० भन्दा बढी डेलिभरी र ग्राहक सेवा एजेन्ट थपेको छ ।
साथै कर्मचारी र ग्राहकको सुरक्षा सुनिश्चित गर्न दराजले प्रत्येक कर्मचारीको नियमित तापमान जाँच, हरेक स्थानमा नियमित सरसफाई र सबै डेलिभरी राइडरहरूलाई मास्क, पन्जा र सेनिटाइजर प्रयोग गर्न लगाएको छ ।
प्रकाशित : कार्तिक १८, २०७७
प्रतिक्रियाहरू