विद्यालय

नयाँ पाठ्यक्रम लागु नगर्न सर्वोच्चको अन्तरिम आदेश

एजुकेशन टाइम्स संवाददाता
शिक्षापत्र संवाददाता
कार्तिक २०, २०७७

काठमाडौं– पछिल्लो समय विवादमा परेका विद्यालय शिक्षा पाठ्यक्रम प्रारूप २०७६ लागु नगर्न सर्वाेच्चले अन्तरिम आदेश जारी गरेको छ ।

नयाँ पाठ्यक्रममा कक्षा ११, १२ मा गणित विषयलाई ओझेलमा पार्न खोजिएको भन्दै गणित विषय प्र्रेमीहरूले नयाँ पाठ्यक्रमको विरोध गर्दै आएका छन् ।

गणिय विषय प्रेमीहरूले गणित विषय हटाउन नहुने भन्दै सर्वाेच्चमा रिट हालेका थिए । बिहीबार सर्वोच्च अदालले कक्षा ११, १२ को नयाँ पाठ्यक्रमका लागि छलफल गर्ने भन्दै अन्तरिम आदेश दिएको हो ।

संविधानको अनुसूची ८ को देहाय ८ अनुसार स्थानीय तहको एकल अधिकार सूचीको तथा स्थानीय सरकारको अधिकार क्षेत्रभित्रको विषयमा केन्द्रले पाठ्यक्रमको प्रारूप तयार पारेको थियो ।

उक्त पाठ्यक्रम ‘लागु भइनसकेको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणले छलफलबाट अन्तरिम आदेशको टुंगो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्नू यथास्थितिमा राख्नू’ भनी विपक्षीहरूका नाउँमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ (२)(ख) अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको सार्वजनिक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षा मन्त्रालयले भने यसअघि नै कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुसार पढाइ हुने व्यहोरा उल्लेख गराइसकेको छ ।

प्रकाशित : कार्तिक २०, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप विद्यालय

कमालको कालिका

सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले प्रायः आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेको देखिन्छ। कालिका माविको कुरै बेग्लै छ। शिक्षक÷कर्मचारीका बालबच्चा अन्यत्र पढदैनन्, कालिकामै पढछन्।

नयाँ पाठ्यक्रमको आमसञ्चार पुस्तक बजारमा

पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत आमसञ्चार विषयको पहिलो पुस्तक भएको लेखकद्वयको दाबी छ।

मेधावीहरूको मेधा

बन्द हुनै लागेको भक्तपुरको मेधा माविको अचेल देशव्यापी ख्याति । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विसं २०७६ को शिक्षा दिवसमा मेधालाई नेपालको सर्वोत्कृट सामुदायिक विद्यालयको पुरस्कार दिएपछि त यसको ख्याति झनै चुलियो ।

२३ फाल्गुन २०७७, आईतवार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo