कोरोना संक्रमणका कारण उपचाररत हास्यकलाकार मनोज गजुरेलको अवस्था केहि जटिल बनेको छ। १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका गजुरेलको फोक्सोमा समस्या देखिएपछि अहिले आइसीयूमा उपचार भैरहेको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भैरहेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलको अक्सिजन लेभल कम भएपछि बिहिबार मात्रै सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल जानु अघि उनले फेसबुकमा आफ्नो शरीरले फरक फरक प्रतिकृया देखाइरहेको उल्लेख गरेका थिए ।
गजुरेलको फोक्सोमा पानी जमेको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । हास्यव्यंग्य कवि लक्ष्मण गाम्नागेले गजुरेलको अवस्था धेरै गम्भिर नरहेको बताउँदै भनेका छन्, ‘गजुरेलको अवस्था गम्भिर पनि होईन् । सामान्य पनि होइन् । राम्रो उपचार भैरहेको छ । छिट्टै ठिक हुन्छ ।’
प्रकाशित : कार्तिक २१, २०७७
प्रतिक्रियाहरू