काठमाडौं–गायक सञ्जिव पराजुली नयाँ गीतका साथमा बजारमा आएका छन् । गायक पराजुलीले ‘यसरी नहेर मलाई’ बोलको गीत सार्वजनिक गरेका हुन्।
गीत होमनाथ न्यौपानेले लेखेका हुन् । गीतमा सचिन सिंहको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन सुन्न सकिन्छ।
‘दी भ्वाइस अफ नेपाल’को स्टुडियोमा छायांकन गरिएको गीतको भिडियोमा गायक सञ्जिव फिचर्ड छन् । भिडियोमा वाद्यवादकहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर र विक्रम थापालाई पनि देख्न सकिन्छ । गीतले एक युवती प्रति एक युवकको प्रेमभावलाई व्यक्त गरेको छ ।
लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन, सोहन मानन्धरको सम्पादन तथा रंग छ।
गायक पराजुलीका ‘कर्के नजर’, ‘नाइँ मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’, ‘छैन मलाई पीर’, ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ गीत रुचाइएका गीतमा पर्छन्।
प्रकाशित : कार्तिक २१, २०७७
प्रतिक्रियाहरू