फोटो

बोलांछेमा बन्दैछ तिहारको पाला

माटाको भाँडा बनाउँदै भक्तपुरका प्रजापति परिवार।

भक्तपुर–तिहार सँघारमै आइसक्यो । बोलाछेंस्थित माटोका भाँडा बनाउने प्रजापति परिवार यतिबेला दियोका लागि माटाका पाला बनाउन व्यस्त छन् ।

कसैलाई माटो मुछने, भाँडा बनाउने र आकार ग्रहण गरिसकेका भाँडा पोल्ने चटारो छ । अनि घरका विशेषगरी महिला सदस्य भाँडा सुकाउन र रङ लगाउन तल्लिन छन् ।

वर्षमा एक पटक तिहारमै हो, माटोका भाँडाबाट मनग्य आम्दानी हुने । अरुबेला माटोका भिउँट, धुपौरो, गमला, सुराही, अम्बरा, कालिञ्चा र पालाको अत्याधिक माग हुन्थ्यो ।

भक्तपुरबाहेक विभिन्न ठाउँमा माटा भाँडा विक्री बितरण हुँदै आएको थियो । यसपटक परिस्थिति निराशाजनक छ ।

भक्तपुरमा तालाको पोर्टरी स्क्वायर, मध्यपुर थिमीको नगदेश, बोडे, पाँचो, चपाचो र बोलांछेलगायतका स्थानमा परम्परादेखि माटोको भाँडा बनाउँदै आएका परिवारको कर्ममा यसपाली कोरोना महामारीले दखल दिएको छ ।

भाँडा बनाउने शिल्पीहरु यसपाली मागमा धेरै कमी आएको बताउँछन् । तैपनि, रोकिएको छैन, कुमालेको चक्र घुम्नेक्रम । समय झैं कर्मको यो चक्र पनि घुमिरहेकै छ, घुमिरहेकै छ ।

माटाको भाँडा बनाउँदै भक्तपुरका प्रजापति परिवार।
तिहारकाे लागि बत्ति बाल्न प्रयाेग गरिएकाे माटाका पाला बनाइँदै।
तिहारकाे लागि बत्ति बाल्न प्रयाेग गरिएकाे माटाका पाला।
बनिसकेका र बन्दै गरेका माटाका भाँडा।
भाँडा बनाउनकाे लागि चक्रलाई घुमाइँदै।
भाँडा बनाउनकाे लागि चक्रलाई घुमाइँदै।
चक्रमा घुमाएर आकार दिइँदै।
पालाकाे आकार दिइसकेपछि घाममा सुकाउनकाे लागि लगिँदै।
सुकाउन राखिएका माटाका पाला तथा भुड्काहरू।
सुकाउन राखिएका र सुकिसकेका माटाका पाला।
बनिसकेपछिको माटाका भाँडा।
प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप फोटो

फूलैफूलको मौसम

रमाइलो तिहारमा फुल्ने सुगन्धित रंगीबिरंगी फूलहरू सुख, समृद्धि र उज्यालो भविष्यका सुन्दर प्रतीक हुन्। त्यसैले त भनिन्छ, प्रकृतिको उपहार, फूलैफूलको तिहार।

विरोधमा विद्यार्थी

सरकारले आफ्ना नेताहरूलाई पक्राउ, धरपकड र झुटा मुद्दा लगाएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । काठमाडौंको प्रदर्शनीमार्गमा भएको विरोध प्रदर्शनमा सहभागी नेविसंघका कार्यकर्ताले आफ्ना नेताहरूमाथि सरकारले षड्यन्त्रपूर्वक धरपकड गरी यातना दिने र झुटा मुद्दा चलाउने लगायत काम गरेको आरोप लगाएका थिए ।

१३ फाल्गुन २०७७, बिहीबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo