कहाँ छ फैसला, कुन असरसम्म पुग्यो ?
दिल आफैं रोपिनलाई खन्जरसम्म पुग्यो
बचपनमै हो उसले पनित्यो घर छोडेको
घर खोज्दै खोज्दै लास घरसम्म पुग्यो
दोषी उसको मन उसको सोच मात्रै होइन
अनुसन्धानको दायरा नजरसम्म पुग्यो
गाउँमा भोकमरीले मरेका हुन् सन्तान
बाबु मसाल उचालेर सहरसम्म पुग्यो
ऊ घाटसम्म जाने गर्थ्याे मन्दिर भएर !
न देउता न दुनियाँलाई खबरसम्म पुग्यो
किन अस्पतालदेखि त्यो विश्वास हरायो
किन मान्छे फर्किएर पत्थरसम्म पुग्यो ?
प्रकाशित : कार्तिक २२, २०७७
प्रतिक्रियाहरू