काठमाडौं– नेपालमा थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ लाख ५५ हजार १ सय १४ जना कोरोना मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा मात्रै देशभर २ हजार २ सय ६ जना संक्रमित संक्रमण मुक्त भएका छन्।
हाल देशभर ३५ हजार ४ सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । देशभर १ हजार १ सय ४४ जना क्वारेन्टिनमा छन्।
यस्तै, कोरोना सङ्क्रमणबाट शनिबारमात्रै थप १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।
प्रकाशित : कार्तिक २२, २०७७
प्रतिक्रियाहरू