काठमाडौं– काठमाडौंको माइतीघरमा शनिबार बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘#अझैकतिसहने?’ अभियानले गरेको प्रदर्शनका सहभागीहरूले कालो पोशाक, कालै मास्क रआँखामा कालो पट्टी बाँधेका थिए । उनीहरुले बलाकारविरुद्धको नारा लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए । प्रदर्शनमा कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सामाजिक दूरी अपनाइएको थियो । अभियानले उपत्यकाबाहिरका विभिन्न स्थानमा समेत प्रदर्शन गर्दै आएको छ । अभियानले बलात्कारीहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग समेत गर्दै आएको छ ।










प्रकाशित : कार्तिक २२, २०७७
प्रतिक्रियाहरू