काव्य

गजल

एजुकेशन टाइम्स संवाददाता
जीवन खत्री
कार्तिक २३, २०७७

चिरबिर चिरबिर गर्छन्, के गीत गुन्छन् चराहरू ?
मलाई त लाग्छ, पीर पोख्छन्, रुन्छन् चराहरू ।

गुँडै छोडेको आरोप किन लाग्छ लाग्ने बेलामा?
खासमा चारो खोज्न उडेका हुन्छन् चराहरू ।

तैपनि मनमा घमण्ड अलिकति पनि छैन
छुन त कैयौं पटक आकाश छुन्छन् चराहरू ।

हामी त उनीहरूलाई सुनेर खुब आनन्द मान्छाैं
हामीबाट चाहिँ खासमा के के सुन्छन् चराहरू ?

बोल्ने नबोल्ने कुराहरू नबोल ए मान्छेहरू हो
औंला साना छन्, कसरी कान थुन्छन् चराहरू ।।

प्रकाशित : कार्तिक २३, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप काव्य

श्रुति (कथा)

श्रुति सोध्न मन त थियो नि। स्टुडेन्टमा आएकी हौ कि डिपेन्डेन्ट? बिहे गर्यौ कि छैन? मैले तिम्रो नाममा लेखेको कविता पढ्यौ कि पढिनौ? मैले तिम्लाई कलेजमा खोज्दै गएको खबर सरले तिमीलाई दिए कि दिएनन्?

आँखा चिम्लिएका मानिस

यो युगका विषालु सर्पहरू समय निल्न तम्तयार छन् प्रदूषित हावा निरन्तर निरन्तर चलिरहेछ मरुभूमिझैँ वर्तमान शून्यता बोकेर दगुरिरहेछ सोच्नुस् सूर्यग्रहणको समय हो यो धरतीमा निष्पट्ट अँध्यारो खसिरहेछ नदीमा पानी बग्दै छ कि रगत ? बाटो सन्त्रस्त दौडिरहेछ रुखहरू काँपिरहेछन् तुफानसँगै तर तपाईं–हामी मानिस ढुक्क आँखा चिम्लिएका छौँ कोही निर्धक्क निदाएका छौँ कोही निदाउने उत्कट प्रयत्नमा […]

गजल

कहाँ छ फैसला, कुन असरसम्म पुग्यो ? दिल आफैं रोपिनलाई खन्जरसम्म पुग्यो बचपनमै हो उसले पनित्यो घर छोडेको घर खोज्दै खोज्दै लास घरसम्म पुग्यो दोषी उसको मन उसको सोच मात्रै होइन अनुसन्धानको दायरा नजरसम्म पुग्यो गाउँमा भोकमरीले मरेका हुन् सन्तान बाबु मसाल उचालेर सहरसम्म पुग्यो ऊ घाटसम्म जाने गर्थ्याे मन्दिर भएर ! न देउता न […]

२३ फाल्गुन २०७७, आईतवार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo