काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ८ सय १७ जना संक्रमित थपिएका छन्। गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षणमा २ हजार ८ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३३ जना संक्रमित भएका छन् । काठमाडौंमा १ हजार २ सय ९४, ललितपुरमा १ सय ६२ र भक्तपुरमा ७७ जना संक्रमित भेटिएका हुन्। पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना डिस्चार्ज भएसँगै अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८ पुगेको छ।
प्रकाशित : कार्तिक २३, २०७७
प्रतिक्रियाहरू