कला / मनोरञ्जन

कलाकारलाई कोरोना

एजुकेशन टाइम्स संवाददाता
शिक्षापत्र संवाददाता
कार्तिक २४, २०७७

काठमाडौं– अघिल्लो साता हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण (कोभिड–१९)ले आयूसीयूमै पुर्यायो । अवस्था गम्भीर भएपछि धेरैले गजुरेलको स्वास्थलाभको कामना गरे । अहिले पनि गजुरेलको उपचार चलिरहेको छ र स्वास्थ्यमा सुधार आएको चिकित्सकहरूले बताएका छन् ।

कोभिड–१९ को सिकार बन्ने कलाकार मनोज गजुरेल मात्रै होइनन् । हास्य कलाकार हशिवंश आचार्य दम्पतीले कोभिड–१९ लाई जितिसकेका छन् । कलाकार क्याप्टेन विजय लामालाई पनि कोरोना संक्रमण भइसकेको छ ।

चलचित्र निर्माता प्रदीपकुमार उदयले कोभिड–१९ का कारण आईसीयूमै उपचार गराउनुपर्यो । उनको अवस्था पनि गम्भीर भएको थियो । निर्देशक मिलन चाम्स कोरोना संक्रमणसँग जुधेर बाहिर निस्किएका छन् ।

अभिनेत्री आँचल शर्मा र उनका श्रीमानलाई दशैंअघि नै कोरोनाले आक्रमण गर्यो । आँचलले आफूलाई कोभिड–१९ भएको तथ्य ‘पोजेटिभ’ अवधिभर लुकाइन् । स्वस्थ भएपछि आफूलाई कोभिड–१९ भएको भन्दै उनले अरूलाई बलियो हुने टिप्स बाँडेकी थिइन् । गायक प्रमोद खरेल दशैंको टीकाको दिन कोरोना संक्रमण मुक्त भएर टीका थाप्न निस्किएका थिए ।

संक्रमित अवस्थामा कोरोना लाग्यो भन्न डराएका कलाकार आशिफ शाह र असिम शाह अहिले संक्रमण मुक्त भइरहेका छन् । यसैगरी कलाकारहरू प्रकाश शाह, दीपक ढकाल, गायक संगीतकार टंक बुढाथोकी, गायकहरू सञ्जय श्रेष्ठ, लोचन रिजाल, प्रेमराजा महत र गायिका रजिना रिमाल पनि कोभिड–१९ का सिकार भए । उनीहरू सबै संक्रमण मुक्त भइसकेका छन् ।

बेलायत भ्रमणमा रहेका कलाकार सुवास कार्की (बेलासे) विदेशमै कोरोना संक्रमित हुन पुगे । अमेरिका भ्रमणमा रहेका देवीराम पराजुली (भोक लाग्यो) लाई अमेरिकामै कोभिड १९ ले आक्रमण गर्यो । हाल उनीहरू कोरोना जितेर स्वदेश फर्किसकेका छन् ।

निर्माता तथा निर्देशक अशोक शर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कलाकार तथा निर्माता निर्मल शर्मा पनि कोरोना संक्रमणका कारण हाल होम–आइसोलेसनमा बसेका छन् ।

प्रकाशित : कार्तिक २४, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप कला / मनोरञ्जन

दहचोकमा फार्महाउस खोल्दै दिपकराज

गिरी दहचोकमा रहेको आफ्नो पुर्ख्याैली जग्गामा फार्म–हाउस खोल्दैछन्। झण्डै ५ करोड लगानीमा सुरु गर्न लागेको फार्म–हाउसमा स्थानीय गाउँलेलाई रोजगारी दिने उनको तयारी छ।

मंसिरबाट ‘सक्किगोनि’

तिहारलगत्तै यसको छायाँकन सुरु हुँदैछ। टेलिश्रृंखलाका निर्देशक एवं कलाकार कुमार कट्टेल ‘जिग्री’ले ५० जना बढीको टीममा छायांकन हुने भएकाले स्वास्थ्य सुरक्षा अपनाइने बताए।

गायक सञ्जिव पराजुलीको नयाँ गीत

गायक सञ्जिव पराजुली नयाँ गीतका साथमा बजारमा आएका छन् । गायक पराजुलीले ‘यसरी नहेर मलाई’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

१३ फाल्गुन २०७७, बिहीबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo