काठमाडौं– काठमाडौं विश्वविद्यालयले सामान्य अवस्थाको पनि शुल्क माग गरेपछि विद्यार्थी आन्दोलित भएका छन्।
विश्वविद्यालयले अनलाइन कक्षाबाट पढाइ गरेर अन्य शीर्षकमा पनि शुल्क मागेको भन्दै विद्यार्थीले विरोधमा रिलेअनशन सुरु गरेका हुन्। विभिन्न चारबुँदे माग राख्दै आइतबार बिहान ११ बजेदेखि विद्यार्थी रिले अनशनमा छन्।
‘२२ असोजमा निकालिएको सूचना खारेज गरी अर्को सूचना नआएसम्म शुल्क भुक्तानी गनुपर्दैन भनेर सूचना निकालियोस्’, विद्यार्थीको मुख्य माग छ।
विद्यार्थीहरूबाट ट्यूसन शुल्क मात्र लिनुपर्ने, साच्चिकै गाह्रो परेका विद्यार्थीका लागि कोभिड वित्तिय सहायता योजना ल्याउनुपर्ने र ढिलो शुल्क बुझाउँदा लाग्ने चार्ज कोभिड अवधिभर हटाइनुपर्ने माग पनि विद्यार्थीको छ।
अतिरिक्त शुल्न नलिन बारम्बार पत्राचार गर्दा पनि वेवास्ता गरेका कारण अनशनमा बस्नु परेको स्कुल अफ इन्जिनियरिङका प्रतिनिधि शैलेश मिश्रले बताए।
उनले भने, ‘अनलाइन कक्षाबाट पढेकाले हामी ट्यूसन बापतको शुल्क तिर्छौ तर सामान्य अवस्थामा झैँ कक्षाकोठमै गएर पढेको शुल्क भने तिर्न सक्दैनौं।’
विश्वविद्यालयले सुरुमा लाइब्रेरी, स्पोर्ट्स, टेस्टलगायत विषयलाई समेटेर शुल्क तिर्न सूचना प्रकाशन गरेको थियो । तर पछि अर्को सूचना जारी गर्दै ३० कात्तिकसम्म शुल्क बुझाए १० प्रतिशत र १५ मंसिरसम्म बुझाए ७ प्रतिशत छुट दिने उल्लेख गरेको मिश्रले बताए । ‘समयमै शुल्क तिर्न सक्नेले छुट पाउने तर नसक्ने विद्यार्थीलाई त पुरानै शुल्क तिर्नुपर्यो नि!’, उनले भने।
स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ साइन्स, स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ ल का विद्यार्थीले बारम्बार विद्यालय प्रशासनसँग शुल्कको विषयमा कुरा गर्दा पनि सुनुवाइ नभएको स्कुल अफ साइन्सकी प्रतिनिधि सृजना श्रेष्ठले बताइन्।
तस्बिर सौजन्य – शैलेश मिश्र
शिक्षा मन्त्रालयले वैकल्पिक अध्ययनको शुल्क लिने बाटो खोलिदिए पनि शुल्क निर्धारण नगर्दा समस्या सृजना भएको अनशनरत विद्यार्थीको भनाइ छ। शुल्कको विषयमा डीनसँग कुरा गर्दा ‘माथिबाट आएको निर्णयमा आफूहरूले केही गर्न नसक्ने’ भन्ने जवाफ पाएको मिश्रले बताए।
शुल्कको विषयमा सम्पूर्ण विद्यार्थीबीचको छलफलमा विश्वविद्यालयसँग वार्ता गर्ने निर्णय भएको थियो। वार्ताका लागि रजिष्ट्रारलाई पहलोपटक पत्राचार गर्दा कुनै सम्बोधन नभएपछि २४ घण्टे चेतावनीसहित दोस्रो पटक पत्रचार गरिएको मिश्रले बताए।
‘दोस्रो पटकको पत्रचारमा विश्वविद्यालय वार्ता गर्न तयार भएपछि हामीले ट्यूसन शुल्क तिर्ने र अन्य खर्च नतिर्ने माग राख्यौं’, मिश्रले भने, ‘छलफलमा विद्यार्थीका माग अघि बढाउन सहमति भए पनि त्यसको कुनै सुनुवाइ नभएका कारण अनशन बस्नु परेको हो।’
अनसनको दोस्रो दिनसम्म विश्वविद्यालयले विद्यार्थीका माग उपेक्षा गरिरहेको छ।
परीक्षा सम्बन्धी कार्यमा नियन्त्रण र व्यवस्थापन दुवै गर्नुपर्ने हुन्छ। परीक्षामा अवाञ्छित गतिविधि भएको अवस्थामा नियन्त्रण पनि गर्नुपर्ने भएकाले पनि नियन्त्रण भनिएको हुनसक्ने प्रा.डा.माधवशरण उपाध्याय उपाध्यायको भनाइ छ।
प्रतिक्रियाहरू