कला / मनोरञ्जन

दहचोकमा फार्महाउस खोल्दै दिपकराज

आफ्नो पुर्ख्यौली घर दहचोकमा दीपकराज गिरी। तस्बिर– गिरीको फेसबुकबाट
एजुकेशन टाइम्स संवाददाता
राधिका अधिकारी
कार्तिक २५, २०७७

काठमाडौं– विश्वमा महामारीका रूपमा फैलिएको कोरोना कहरले धेरैको जीवनको लय फेरिदियो। कतिले रोजीरोटी गुमाए। हजारौंको जीवन पिल्सियो।

कोरोना कोपमा नपरेको त्यस्तो कुनै क्षेत्र छैन। कोरोना कहर कारण ठप्प भएका सबै क्षेत्र चलायमान हुँदै गर्दा मनोरञ्जन क्षेत्र भने अझै खुल्न सकेको छैन।

अब के गर्ने? चलचित्र कर्मी अन्योलमै छन्। कतिपयलाई गुजाराकै संकट पर्न थालिसकेको छ। चलचित्र क्षेत्र कहिले खुल्ला र पुरानै लयमा फर्किएला कसैलाई थाहा छैन।

यही अन्योल चिर्दै कलाकार, निर्माता दीपकराज गिरी लेख्दालेख्दैको चलचित्र स्क्रिप्ट छाडेर फार्म–हाउस खोल्ने तयारीमा जुटेका छन्।

‘जोखिम मोलेर चलचित्रमै लगानी गर्नुभन्दा फार्म हाउस निर्माण गरौं भन्ने सोच पलायो’, गिरी भन्छन्, ‘गरीखाने मेलो केही त गर्नैपर्‍यो।’

कोरोना महामारीबाट सिर्जित अवस्थाले सबैलाई आफ्नो बारेमा सोच्ने अवसर दिएको गिरी बताउँछन्।

‘मैले पनि आफ्नो बारेमा सोच्ने मौका पाएँ, गाउँघरमा बाउबाजेले गर्दै आएको खेती किसानीमै लगानी गरेर आधुनिक प्रविधि अवलम्बन गर्दै अगाडि बढ्ने जाँगर चल्यो’, उनी भन्छन्।

गिरी दहचोकमा रहेको आफ्नो पुर्ख्याैली जग्गामा फार्म–हाउस खोल्दैछन्। झण्डै ५ करोड लगानीमा सुरु गर्न लागेको फार्म–हाउसमा स्थानीय गाउँलेलाई रोजगारी दिने उनको तयारी छ।

‘मैले चलचित्र कर्ममा रहेर जे–जति आर्जन गरेको छु। यो सबै आफ्नै गाउँमा खर्च गर्ने योजना बनाएको छु। स्थानीयस्तरमा रोजगार पनि सिर्जना होस् र कृषि कर्म पनि होस् भन्ने मेरो चाहना हो’, उनी भन्छन्।

कोरोना कहरका कारण विश्वको अर्थतन्त्र नै थिलोथिलो बनेको यो समय ‘चलचित्र’मात्रै भनेर बस्नु भन्दा पनि सम्भावना भएको क्षेत्रमा काम गर्नुपर्ने उनको सल्लाह छ।

प्रकाशित : कार्तिक २५, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप कला / मनोरञ्जन

मंसिरबाट ‘सक्किगोनि’

तिहारलगत्तै यसको छायाँकन सुरु हुँदैछ। टेलिश्रृंखलाका निर्देशक एवं कलाकार कुमार कट्टेल ‘जिग्री’ले ५० जना बढीको टीममा छायांकन हुने भएकाले स्वास्थ्य सुरक्षा अपनाइने बताए।

कलाकारलाई कोरोना

चर्चित कलाकारमा कोरोना संक्रमण, लुकाउने पनि देखिए ।

गायक सञ्जिव पराजुलीको नयाँ गीत

गायक सञ्जिव पराजुली नयाँ गीतका साथमा बजारमा आएका छन् । गायक पराजुलीले ‘यसरी नहेर मलाई’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

४ जेष्ठ २०७८, मंगलवार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo