परीक्षा

स्नातक चौथो वर्षको परीक्षा २८ मंसिरबाट

एजुकेशन टाइम्स संवाददाता
शिक्षापत्र संवाददाता
कार्तिक २५, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले विभिन्न संकायका स्नातक तह चौथो वर्षको परीक्षा २८ मंसिर २८ बाट सञ्चालन गर्ने भएको छ।

परीक्षा नियन्त्रण कार्यालयले मंगलबार एक सूचनामार्फत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षाशास्त्र संकाय तर्फको परीक्षा गर्ने जनाएकाे छ।

बी.बी.एस, बी.एड. र ४ वर्षे बी.एस्सीको चौथो वर्षका नियमित र आंशिक परीक्षा मंसिरमा गर्न लागिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।

कार्यालयले परीक्षाको तयारी गरिरहेको छ भने परीक्षाको तालिकासमेत सार्वजनिक गरिसकेको छ। परीक्षाको कार्यतालिका कार्यालयको वेबसाइटमा गएर हेर्न सकिन्छ।

यस्तै परीक्षा फारम भर्न छुटेका विद्यार्थीका लागि दोब्बर दस्तुर तिरेर ८ मंसिरसम्म फारम भर्न पनि कार्यालयले आह्वान गरेको छ।

प्रकाशित : कार्तिक २५, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप परीक्षा

लोक सेवाले लिने लिखित परीक्षा स्थगित

कोभिड–१९ का कारण परीक्षार्थीमा भय देखिएको तथा आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बस्नुपरेकाले परीक्षा स्थगित गर्नुपरेको आयोगले जनाएकाे छ।

‍सबै परीक्षार्थीले परीक्षा दिन पाउन् : ‍सर्वाेच्च

सबै परीक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि अदालतले आदेश दिएको अदालतका प्रवक्ता भद्रकाली पोखरेलले शिक्षापत्रलाई जानकारी दिए ।

परीक्षा कार्यालय ३० असोजसम्म बन्द

कार्यालय बन्द भए पनि हाल सञ्चालनमा रहेको ‘टाइम बाउन्ड होम एक्जाम’ भने तोकिएको मिति र समयमै सञ्चालन हुने परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले बताए ।

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo