काठमाडौं– नेपालमा थप २७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितको संख्या ३ लाख ८० हजार ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ५३ जना कोरोनामुक्त भएका छन्। योसँगै देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६० हजार ५ सय ७७ पुगेको छ। देशभर ३८ हजार ३५ जना आइसोलेसनमा रहँदा १ हजार ५८ जना क्वारेन्टिनमा बसेका छन्।
पछिल्लो २४ घण्टामा थप २२ जनाको कोभिड–१९ का कारण ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।
प्रकाशित : कार्तिक २५, २०७७
प्रतिक्रियाहरू