काठमाडौं– विद्यार्थीले राखेको चारबुँदे माग पूरा गर्न नेपाल विद्यार्थी संघले काठमाडौं विश्वविद्यालयसमक्ष माग गरेको छ।
संघका अध्यक्ष राजिब ढुङ्गानाले मंगलबार विज्ञप्तिमार्फत विद्यार्थीको माग पूरा गर्न उदासीनता देखाएको खण्डमा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।
केयूले कोरोना महामारीको कारण नियमित रूपमा पठनपाठन नभएको अवस्थामा पनि सामान्य अवस्थामा जसरी शुल्क बुझाउन सूचना प्रकाशित गरेको छ। यस्तै समयमा शुल्क नबुझाए जरिवाना लगाउनेसमेत सूचनामा उल्लेख छ।
विश्वविद्यालयले सूचना प्रकाशित गरेपछि विभिन्न संकायका प्रतिनिधि विद्यार्थीले रिले अनशन समेत सुरु गरेका छन्। विद्यार्थीको अनशनको मंगलवार तेश्रो दिन हो।
यो पनि पढ्नुहोस् – मनोमानी शुल्कको विरोधमा केयूका विद्यार्थी आन्दोलित

प्रकाशित : कार्तिक २५, २०७७
प्रतिक्रियाहरू