फोटो

फूलैफूलको मौसम

काठमाडौंको इचंगुनारायणमा तिहारका लागि सयपत्री फूल टिप्दै स्थानीय।

काठमाडौं– फूल अर्थात् सुख, समृद्धि, आनन्द, खुसी र मंगलताको प्रतीक। सबैलाई सम्मान गरिने शुद्ध र पवित्र वस्तु। सम्पूर्ण देवी–देवतालाई चढाउन, बेहुला–बेहुली सजाउन, विशिष्ट व्यक्तिलाई सम्मान गर्न, स्वागत गर्न, आशीर्वाद दिन, मंगलमय कार्य सम्पादन गर्न, चाडपर्व मनाउन, घर सजाउन लगायत विभिन्न कार्य गर्न फूलको प्रयोग गरिन्छ।

तिहार त झनै फूलैफूलको मौसम। ढकमक्क फूल फुल्छन्, त्यसैले त तिहार आउँछ। सयपत्री, गोदावरी र मखमली फूलले संसारलाई उज्यालो बनाएको हुन्छ। त्यसमाथि पाँच दिनको तिहार, फूल र बत्तीको झिलिमिली बनाई धनकी देवीलाई घरमा भित्र्याउने उत्सव।

यस्तै, तिहारमा मृत्युका देवता यमराजलाई पनि पूजाआजा गरी घरभित्र प्रवेश नगर्नुहोला भनी प्रार्थना गरिन्छ। कहिल्यै नओइलाउने मखमली फूलजस्तै आफ्ना दाजुभाइलाई दीर्घायुष्यको आशीर्वाद दिलाउन यमपूजन गरी सप्तरंगी टीका लगाएर मखमलीको माला लगाइदिने गरिन्छ।

रमाइलो तिहारमा फुल्ने सुगन्धित रंगीबिरंगी फूलहरू सुख, समृद्धि र उज्यालो भविष्यका सुन्दर प्रतीक हुन्। त्यसैले त भनिन्छ, प्रकृतिको उपहार, फूलैफूलको तिहार।

काठमाडौंको इचंगुनारायणमा व्यावसायिक खेती गरिएको सयपत्री फूल टिप्दै स्थानीय।
काठमाडौंको इचंगुनारायणमा व्यावसायिक खेती गरिएको सयपत्री फूल टिप्दै स्थानीय।
काठमाडौंको इचंगुनारायणमा व्यावसायिक खेती गरिएको सयपत्री फूल।
काठमाडौंको इचंगुनारायणमा तिहारका लागि सयपत्री फूल टिप्दै स्थानीय।
काठमाडौंको इचंगुनारायणमा तिहारका लागि सयपत्री फूल टिप्दै स्थानीय।
काठमाडौंको इचंगुनारायणमा व्यावसायिक खेती गरिएको सयपत्री फूल।
काठमाडौंको इचंगुनारायणमा व्यावसायिक खेती गरिएको सयपत्री फूल टिप्दै स्थानीय।
काठमाडौंको इचंगुनारायणका स्थानीयलाई तिहारका लागि सयपत्री फूल टिप्ने चटारो।
भक्तपुरको गुन्डुका स्थानीय मखमली फूलकाे माला उन्दै।
भक्तपुरमा गुन्डुमा व्यावसायिक खेती  गरिएकाे फूल टिप्दै स्थानीय।

भक्तपुरको गुन्डुका स्थानीय मखमली फूल टिप्दै।

भक्तपुरको गुन्डुका स्थानीय मखमली फूल टिप्दै।
तिहारमा बेच्न मखमली फूल टिप्दै किसान।
भक्तपुरको गुन्डुका स्थानीय मखमली फूल टिप्दै।
प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप फोटो

बोलांछेमा बन्दैछ तिहारको पाला

भक्तपुरमा तालाको पोर्टरी स्क्वायर, मध्यपुर थिमीको नगदेश, बोडे, पाँचो, चपाचो र बोलांछेलगायतका स्थानमा परम्परादेखि माटोको भाँडा बनाउँदै आएका परिवारको कर्ममा यसपाली कोरोना महामारीले दखल दिएको छ ।

विरोधमा विद्यार्थी

सरकारले आफ्ना नेताहरूलाई पक्राउ, धरपकड र झुटा मुद्दा लगाएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । काठमाडौंको प्रदर्शनीमार्गमा भएको विरोध प्रदर्शनमा सहभागी नेविसंघका कार्यकर्ताले आफ्ना नेताहरूमाथि सरकारले षड्यन्त्रपूर्वक धरपकड गरी यातना दिने र झुटा मुद्दा चलाउने लगायत काम गरेको आरोप लगाएका थिए ।

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo