रमाइलो तिहारमा फुल्ने सुगन्धित रंगीबिरंगी फूलहरू सुख, समृद्धि र उज्यालो भविष्यका सुन्दर प्रतीक हुन्। त्यसैले त भनिन्छ, प्रकृतिको उपहार, फूलैफूलको तिहार।
‘#अझैकतिसहने?’ अभियानले गरेको प्रदर्शनका सहभागीहरूले कालो पोशाक, कालै मास्क रआँखामा कालो पट्टी बाँधेका थिए ।
भक्तपुरमा तालाको पोर्टरी स्क्वायर, मध्यपुर थिमीको नगदेश, बोडे, पाँचो, चपाचो र बोलांछेलगायतका स्थानमा परम्परादेखि माटोको भाँडा बनाउँदै आएका परिवारको कर्ममा यसपाली कोरोना महामारीले दखल दिएको छ ।
सरकारले आफ्ना नेताहरूलाई पक्राउ, धरपकड र झुटा मुद्दा लगाएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । काठमाडौंको प्रदर्शनीमार्गमा भएको विरोध प्रदर्शनमा सहभागी नेविसंघका कार्यकर्ताले आफ्ना नेताहरूमाथि सरकारले षड्यन्त्रपूर्वक धरपकड गरी यातना दिने र झुटा मुद्दा चलाउने लगायत काम गरेको आरोप लगाएका थिए ।
कोजाग्रत पूर्णिमाको साँझ, शुक्रबार कीर्तिपुरबाट देखिएको चन्द्रमा उदाएको दृष्य, छेउमा याम्बुर हिमाल।
दशैं मान्न घर गएकाहरू भटाभट उपत्यका भित्रिँदै छन् । यसपालिको दशैं पोहोरको झैं निर्धक्क मनाउन नपाए पनि जोखिम मोलेर घर गएकाहरू गाउँका कोसेलीपात, रोटी र अनेक पोका–पन्तुरा बोकेर फर्किरहेका छन् ।
काठमाडौंको साँखुबाट नगरकोट जाने सडकमा पर्ने कार्तिके भन्ज्याङमा राखिएको लिंगे पिङमा रमाउँदै छन्,स्थानीय । साथमा सूर्यास्तको रमणीय दृश्यले मनै हर्छ ।
प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण नदिइने निर्णय सरोकारवाला निकायको बैठकले गरेको छ ।
हनुमान ढाेकाको दशैंघरमा गोर्खाबाट ल्याएको फूलपाती भित्र्याइयाे
ललितपुरको खोकना भने आफ्नै सुरमा छ । परम्परागत सिकाली जात्राको चलहलपहल छ । प्राचीनकालदेखि नेवार समुदायले मनाउँदै आएको यो जात्रा हरेक वर्ष असोज शुक्लपक्ष तृतीयाको दिनबाट सुरु भई नौ दिनसम्म मनाइन्छ ।
नेवार समाजभित्र विशेष गरी ज्यापु तथा मल्ल जातिबाट पुर्खादेखि यो जात्रा सञ्चालन हुँदै आएको छ ।
ऐतिहासिक सम्पदा रानीपोखरीले चोला फेरेको छ । भुकम्पका कारण क्षतविक्षत रानीपोखरीको पुननिर्माण सम्पन्न भएको छ । बुधवार नै रानीपोखरी छेउकै दरबार हाइस्कूलको पुननिर्मित भवनको पनि उद्घाटन गरियो ।
यसपालिको मनसुुन बिदा हुनासाथ खोकनाका किसान धान भित्र्याउने चटारोमा छन् ।