सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले प्रायः आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेको देखिन्छ। कालिका माविको कुरै बेग्लै छ। शिक्षक÷कर्मचारीका बालबच्चा अन्यत्र पढदैनन्, कालिकामै पढछन्।
नयाँ भर्नाका लागि आउने विद्यार्थीसँग पनि प्रवेश परीक्षा लिइन्छ। बाहिरबाट आएका विद्यार्थी अंग्रेजीमा कमजोर छन् भने उनीहरूलाई नेपाली माध्यमबाट पढाइ हुने अन्य विद्यालयमा जान आग्रह गरिन्छ।
बन्द हुनै लागेको भक्तपुरको मेधा माविको अचेल देशव्यापी ख्याति । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विसं २०७६ को शिक्षा दिवसमा मेधालाई नेपालको सर्वोत्कृट सामुदायिक विद्यालयको पुरस्कार दिएपछि त यसको ख्याति झनै चुलियो ।
गुणस्तरीय शिक्षाका लागि प्रख्यात हुँदैछ, श्री संकटमोचन देवशरण रामरति मावि । गुणस्तरीय शिक्षा प्रदान गरेकै कारण नागरिक एकता समाजले केही समयअघि यस विद्यालयलाई सम्मान गरेको थियो ।
शैक्षिक गुणस्तरमा प्रदेश १ कै उत्कृष्ट पोखरिया माविको ख्याति । अधिकांश सामुदायिक विद्यालयको अवस्था कमजोर भए पनि पोखरिया माविले भने निजी विद्यालयलाई समेत टक्कर दिइरहेको छ ।
बच्चालाई दैनिक दुईदेखि तीनघण्टा बढि अनलाइनकक्षामा सहभागी गराउनुहुँदैन भन्ने थाहा छ तैपनि विद्यालय बन्द रहेकाले अनलाइनमै बसाउनुपर्ने बाध्यता छ ।
अनलाइनकक्षामा भन्दा विद्यालयमै अनौपचारिक हिसाबले रमाउँदै विद्यार्थीले धेरै सिक्छन् । विद्यालयमा खेलकुद, सांगीतिक कार्यक्रमलगायतमा विद्यार्थी सहभागी हुन्छन् । यसले विद्यार्थीलाई समाजमा घुलमिल हुन सिकाउँछ । शारीरिक तथा मानसिक विकासमा पनि मद्दत पुग्छ ।
कोरोना महामारीले शिक्षा क्षेत्रलाई सबैभन्दा धेरै असर पुर्याएको छ। कोरोना महामारीकै बीच सरकारले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका जारी गरे पनि त्यसले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन।
संघ, प्रदेश र स्थानीय सरकार गठन भएको पनि करिब ४ वर्ष पुग्दै छ । संघीय शिक्षा ऐनको अभावमा प्रदेश सरकारहरूले आफ्नो शिक्षा नीति बनाउन सकेका छैनन् ।
नेपाल सरकारको स्वीकृति प्राप्त गरी नेपालको कुनै शिक्षण संस्थामा अध्ययन, अध्यापन वा अनुसन्धान गर्न आउने विदेशीहरू, तिनका परिवारलाई अध्ययन भिसा दिइने अध्यागमन विभागको नियमावली २०५१ मा उल्लेख छ।
७ सय ३५ वटा स्वीकृति लिने प्रक्रियामा छन्। एक हजारभन्दा बढी कन्सल्ट्यान्सी स्वीकृतिविनै सञ्चालनमा रहेको संघको तथ्यांक छ। स्वीकृति नै नलिएर सञ्चालनमा आएका कन्सल्टेन्सीबाट विद्यार्थी ठगीने सम्भावना अझ धेरै हुनसक्ने संघले जनाएको छ।
‘विद्यालय सञ्चालनको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई छ, हामीले अवस्था हेरेर विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय सक्छौं, जिल्ला प्रशासन कार्यालयले के भन्छ भन्ने चासो छैन’, शिक्षापत्रसँग नगर प्रमुख चालिसेले भने।
सरकारको बेवास्तासँगै डा.केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ। डा. केसीलाई तलमाथि भए आफूहरू बन्दुक उठाउनसमेत तयार रहेको उनका सहयोगी डा.पुकार बमले बताए।
संविधानले दिएका अधिकार प्रयोग गरेर स्थानीय सरकारले कोभिड–१९ को संक्रमण न्यून रहेका ठाँउहरूमा विद्यालय सञ्चालन तथा शैक्षिक क्रियाकलाप गर्नसक्ने भए पनि त्यसो गरेको दखिँदैन।
विद्यार्थीको भविष्य बनाउन लामो समयदेखि संघर्ष गर्दै आएकी शिक्षक कुमारी अमृता जोशी ३८ वर्षदेखि पर्साको वीरगन्ज महानगरपालिका–११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालयमा कार्यरत छिन् ।
दबाबपछि विद्यालयले विकासलाई भर्ना त लियो तर पढ्ने वातावरण सृजना गरिदिएन। अरु समुदायका बालबालिकाले उनलाई एक्लै बनाए। आफु बसेको ठाउँमा अरू नबस्ने, आफुले छोएको अरूले नखाने जस्ता व्यवहारका कारण उनले एक्लोपन महसुस गर्न थाले।
सरकारले विभिन्न सञ्चार माध्यमसँग समन्वय गरेर विद्यार्थीमाझ शिक्षण सिकाइको प्रयास गरे पनि विद्यालयलाई प्रविधिमैत्री बनाउन खास भूमिका भने निर्वाह गर्न नसकेको कोभिड–१९ कालमा पुष्टि भएको छ ।
सबै विद्यालयको दरबन्दी मिलान गर्दा पनि अझै ५३ हजार ८ सय ६२ शिक्षक दरबन्दी अभाव हुने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । शिक्षक बन्नका लागि लाइसेन्स लिएर बसेका ७ लाख जनाबाट विषयगत शिक्षक नियुक्त गर्नुपर्ने शिक्षाविद मनप्रसाद वाग्लेको भनाइ छ ।
विभिन्न देशमा पनि अरू क्षेत्र खुलेको केही पछि मात्र विद्यालय खुल्न थालेकाले अहिल्यै हतार गरिहाल्न नहुने शिक्षाविद्हरूकाे भनाइ छ । सरकारले भने शैक्षिक संस्था तत्कालै नखोल्ने संकेत गरिरहेको छ ।
६ महिनासम्म निजी विद्यालयले अनलाइन कक्षा र परीक्षा सञ्चालन गरे पनि अपवादबाहेक सामुदायिक विद्यालयले कुनै शैक्षिक गतिविधि सञ्चालन गर्न सकेका छैनन् ।
प्राथमिक तह भन्दा माथिल्लो कक्षाका विद्यार्थीलाई भर्चुअल कक्षामा सहभागी गराउन खास समस्या नभए पनि त्यो भन्दा तल्लो कक्षा विद्यार्थीलाई समेट्न समस्या हुने प्रधानाध्यापकहरुले बताएका छन् ।
सरकारले विभिन्न माध्यमबाट अध्ययन गराउन सकिने बताएपनि अहिलेको परिवेशमा टोल शिक्षा नै प्रभावकारी देखिएको सात प्रदेशका २८ वटा विद्यालयका प्रधानाध्यापकहरुकाे भनाइ छ ।
कोभिड १९ संक्रमणको कारण ०७७/०७८ भित्र ७७ वटै जिल्लालाई साक्षर घोषणा गर्ने सरकारको अभियान अझै एक–दुई वर्ष लम्बिने सम्भावना रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले वैकल्पिक शिक्षा सञ्चालन गर्न शिक्षकलाई हालसम्म कुनै तालिम नदिएका कारण शिक्षकलाई वैकल्पिक शिक्षाका लागि तयार गर्न पनि चुनौतीपूर्ण छ ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका अनुसार अझै पनि रेडियो, टेलिभिजन, टेलिफोन, इन्टरनेट जस्ता माध्यमको पहुँचमा नभएका विद्यार्थीको संख्या करिब २२ लाख छ ।
अधिकांश सामुदायिक विद्यालयका शिक्षकले भने दिनहुँ कक्षा लिइरहेका छन् तर तलब सुविधा भने पाएका छैनन् । उल्टै कामबाट निकालिएको अवस्था छ । यो विभेद अन्त्य गर्नुपर्ने इस्टुका अध्यक्ष होमकुमार थापाको भनाइ छ ।
आइतवार बसेकाे मन्त्रिपरिषद्को निर्णयपछि भदौ २० गते परीक्षा लिने पक्का भएकाे नेपाल मेडिकल काउन्सिलका रजिष्टार डा. कृष्णप्रसाद अधिकारीले बताए ।
१३ औंँ अन्तराष्ट्रिय पुस्तकालय दिवसका अवसरमा भएको भर्चुअल कार्यक्रममा उनले सरकारको स्वामित्वमा रहेको पुस्तकालयको पुननिर्माणका विषयमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको बताएका हुन् ।
सीटीईभीटीले देशभरका ४९ वटा शिक्षालयमा अनमी विषयको कार्यक्रम सञ्चालन गर्दै आएको सीटीईभीटीका सूचना अधिकारी अनिलमुनि बज्राचार्यले बताए ।
तर, संक्रमण देखिएर तनावमा रहको व्यक्तिलाई परिवार, छरछिमेक, समाज, वा अगुवाहरुले नै घृणा र हेयकाे दृष्टिले हेर्ने हाे भने संक्रमित भाइरससँग लड्ने कि समाजसँग ?
यसपटकको शैक्षिक सत्र नै खेर जान्छ कि भन्ने चिन्ता सरोकारवालाले व्यक्त गरिरहँदा शिक्षा मन्त्रालयले भने कुनैपनि हालतमा शैक्षिक सत्र खेर जान नदिने बताउँदै आएको छ ।
छ वटामात्रै विषय छनौट गरी परीक्षा दिएर पास गर्ने विद्यार्थीले पनि ११ कक्षा उत्तीर्ण गरेको मान्यता पाउनेछन् तर सातौँ विषय अध्ययन गर्ने विद्यार्थीले भने त्यो विषयको थप ज्ञान पाउने केन्द्रले जनाएको छ ।
अहिलेसम्म ११ कक्षामा नेपाली र अंग्रेजी गरी दुई विषय मात्र अनिवार्य विषयका रुपमा रहेकोमा यस वर्षदेखि सामाजिक तथा जीवन उपयोगी शिक्षा थप गरिएको छ ।
एसईई परीक्षालाई ठूलो सोचे ठूलो र सानो सोचे सानै हुने भएकाले पहिल्यैदेखि एसएलसी परीक्षालाई फलामे ढोकाका रुपमा गरिएको चित्रणको प्रभाव अझै गइनसकेको शिक्षाविद् विद्यानाथ कोइरालाकाे भनाइ छ ।
साझेदारीमा सञ्चालित शिक्षालय २० वटा छन् भने सामुदायिक विद्यालयमा ५ सय ४३ र निजी विद्यालयमा ४ सय २९ गरी देशभर १ हजार ४२ वटा विद्यालयमा प्राविधिक शिक्षा पढाइ हुन्छ ।
यसपटकको एसईई नतिजा जीपीए विवरण विना नै सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले जीपीए विवरण विना नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक विषयको अध्ययन गर्नुपर्नेछ । यसअघि दुईवटा मात्र अनिवार्य विषय थिए ।
परीक्षा नियन्त्रण कार्यालयले करिब एक साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।
बोर्डको बैठक बसिरहेको र केही समयपछि परीक्षाफल प्रकाशन गर्ने तयारी रहेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले शिक्षापत्रलाई बताए । यसवर्ष ४ लाख ८२ हजार ७ सय ७ परीक्षार्थी एसईई परीक्षाको आवेदन फारम भरेका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले ११ कक्षाका विद्यार्थीले दिएको परीक्षा शुल्क समायोजन गर्ने भएपछि एसईईका विद्यार्थी र अभिभावकले शुल्क फिर्ता हुनुपर्ने माग गरेका छन् । तर यसबारेमा कुनै छलफल नभएको सरकारले जनाएको छ ।
आफ्नो सुरक्षा गर्न नसक्ने विद्यार्थीलाई विद्यालय पठाउँदा संक्रमणको जोखिम झन बढ्न सक्ने भएकाले तत्काल विद्यालय खोल्ने र कक्षा कोठामै विद्यार्थीलाई उपस्थित गराएर पढाउन सक्ने अवस्था नरहेको सुवेदीको तर्क छ ।
कोभिड–१९ का कारण बन्द रहेका विद्यालयमा जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना हुनेगरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सहजीकरणका लागि कार्यढाँचा निर्माण गरिएको सरकारको भनाइ छ ।
कोरोना संक्रमणको कारण गत चैत ५ गतेदेखि बन्द भएका शैक्षिक संस्था पाँच अझै खुल्न सकेका छैनन् । सरकारले कम्तिमा भदौ १५ सम्म पनि कुनै शैक्षिक गतिविधि नगर्ने निर्णय गरिसकेको छ ।
सार्वजनिक बिदा, हिउँदे बिदा र नदिइ नहुने बाहेक सबै बिदा कटौती गरेर शुक्रबार पनि ४ बजेसम्म अध्यापन गराएर पनि शैक्षिक सत्रलाई बचाउन सकिने विकल्प रहेको प्रवक्ता शर्माले शिक्षापत्रलाई बताए ।
खकुरेलका अनुसार नतिजा आएपछि विद्यार्थीको चहलपहल बढ्ने भएकाले मात्र दुई चार दिन ढिलो नतिजा प्रकाशन गर्न लागिएको हो । अहिले विद्यार्थीको नाम, प्राप्तांक आदि रुजु गर्ने काम भइरहेको छ ।
पहिलो र दोस्रो चरणको छनौट प्रतियोगितामा उत्कृष्ट हुनेमध्ये एकजना रजिष्ट्रार र अन्य डीनको लागि छनोट प्रक्रियामा जानेछन् । छनोटको पहिलो चरणमा शैक्षिक योग्यता र दोस्रो चरणमा ‘भिजन’को आधारमा छनोट गरिने पनि उपकुलपति सिंहले बताए ।
परीक्षार्थीले बुझाएको आवेदन शुल्क बापतको छ सय रुपैयाँमध्ये चारसय रुपैयाँ १२ कक्षाको परीक्षा शुल्कमा समायोजन गर्ने निर्णय गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले शिक्षापत्रलाई जानकारी दिए ।
लामो समयसम्म घरमा बस्दा बालबालिकामा टोलाउने, एकोहोरिने जस्ता समस्या आउनसक्ने भएकाले बालबालिकालाई दैनिक दुई घण्टाभन्दा बढी सामाजिक सञ्जाल चलाउन नदिन मनोविद डा. ढकालको सुझाब छ ।
विद्यालय पनि बन्द रहेका र घर बाहिर खेल्न पठाउने अवस्था पनि नभएकाले बालबालिकालाई मोबाइल वा ल्यापटप दिएर घरैमा भुलाउने गरेको अभिभावक बताउँछन् । मोबाइल र ल्यापटपमा बालबालिकाले खेल खेल्ने, चित्र बनाउने, भिडियो हेर्ने, कार्टुन हेर्ने गर्छन् ।
‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ ।’