यस स्तम्भमा वाग्मती प्रदेशका शिक्षासँग सम्बन्धित समाचार, गतिविधि तथा आलेख पढ्न सकिन्छ । २०६८ सालको जनगणनाअनुसार ५५ लाख २९ हजार जनसंख्या रहेको वाग्मती प्रदेशमा ७४ दशमलव ८५ प्रतिशत मानिस साक्षर छन् । १३ वटा जिल्ला रहेको यस प्रदेशमा ५ हजार २ सय ४३ वटा सामुदायिक र २ हजार १ सय ४५ वटा संस्थागत गरी ७ हजार ३ सय ८८ वटा विद्यालय छन् । पछिल्लो तथ्यांकअनुसार १४ लाख ३८ हजार ५ सय ९९ जना विद्यार्थी रहेको यस प्रदेशमा ८६ हजार १ सय ५९ जना शिक्षक छन् । हेटौंडा मुकाम रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल हुन् ।
बन्द हुनै लागेको भक्तपुरको मेधा माविको अचेल देशव्यापी ख्याति । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विसं २०७६ को शिक्षा दिवसमा मेधालाई नेपालको सर्वोत्कृट सामुदायिक विद्यालयको पुरस्कार दिएपछि त यसको ख्याति झनै चुलियो ।
महानगरपालिकाको कार्यदलको बैठकले १ देखि ८ कक्षासम्म यसै शैक्षिक सत्रबाट नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागु गर्ने निर्णय गरको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। निर्णय सँगै अब केही दिनभित्रै पाठ्यक्रम लागु हुने उनले बताए।
केन्द्र सरकारले माविसम्मको जिम्मा स्थानीय सरकारलाई दिएको र यसको चलाउने वा बन्द गर्ने जिम्मा स्थानीय सरकारलाई हुने भएकाले प्रशासनले यसमा कुनै अधिकार नभएको मेयर पण्डितले जानकारी दिए ।
विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको र स्वास्थ्य सतर्कता अपनाएर विद्यालय खोल्न सकिने सरोकारवालाको निष्कर्ष रहेकाले विद्यालय खोल्ने लागिएकाे नगरपालिकाका मेयर सन्तोष चालिसेले जानकारी दिए ।
मन्त्रालयले १ सय १८ वटा स्थानीय तहमा २ जनाका दरले २ सय ३६ जना र रसुवाको गोसाइकुण्ड गाँउपालिकामा १ जना गरी कुल २ सय ३७ जना विद्यालय नर्स नियुक्ति गर्ने गरी दरखास्त आव्हान गरेको हो ।