यस स्तम्भमा गण्डकी प्रदेशका शिक्षासँग सम्बन्धित समाचार, गतिविधि तथा आलेखहरू पढ्न सकिने छ । २०६८ सालको जनगणनाअनुसार २४ लाख ४ हजार जनसंख्या रहेको गण्डकी प्रदेशमा ७४ दशमलव ८१ प्रतिशत मानिस साक्षर छन् । ११ वटा जिल्ला रहेको यस प्रदेशमा ३ हजार ७ सय ७२ वटा सामुदायिक र ८ सय ३५ वटा संस्थागत गरी ४ हजार ६ सय ७ वटा विद्यालय छन् । पछिल्लो तथ्यांकअनुसार ७ लाख १५ हजार ७७ जना विद्यार्थी रहेको यस प्रदेशमा ४५ हजार ९ सय १३ जना शिक्षक छन् । पोखरा मुकाम रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगर हुन् ।
नयाँ भर्नाका लागि आउने विद्यार्थीसँग पनि प्रवेश परीक्षा लिइन्छ। बाहिरबाट आएका विद्यार्थी अंग्रेजीमा कमजोर छन् भने उनीहरूलाई नेपाली माध्यमबाट पढाइ हुने अन्य विद्यालयमा जान आग्रह गरिन्छ।
सरकारको लापरबाहीले एउटा शैैक्षिक धरोहर अस्तव्यस्त बन्दा पनि यसप्रति गम्भीर नबन्नु अचम्म लाग्दो रहेको पोखरा विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरूको भनाइ छ ।
गण्डकी विश्वविद्यालय निर्माणदेखि उच्च शिक्षा प्रोत्साहन छात्रवृतिसम्म विभिन्न शिर्षकमा प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तर्गत यो रकम विनियोजन गरेको हो ।
नगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठ जना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ । उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी कर्मचारीलाई बेतलबी बिदामा राखिएको हो ।