यस स्तम्भमा प्रदेश ५ का शिक्षासँग सम्बन्धित समाचार, गतिविधि तथा आलेखहरू पढ्न सकिन्छ । २०६८ सालको जनगणनाअनुसार ४५ लाख जनसंख्या रहेको प्रदेश ५ मा ६६ दशमलव ४ प्रतिशत मानिस साक्षर छन् । १२ वटा जिल्ला रहेको यस प्रदेशमा ४ हजार ६ सय २९ सामुदायिक र १ हजार १ सय ३५ वटा संस्थागत गरी ५ हजार ७ सय ६४ वटा विद्यालय छन् । पछिल्लो तथ्यांकअनुसार १२ लाख २३ हजार ६० जना विद्यार्थी रहेको यस प्रदेशमा ६१ हजार २२ जना शिक्षक छन् । बुटवल मुकाम रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल हुन् ।
सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले प्रायः आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेको देखिन्छ। कालिका माविको कुरै बेग्लै छ। शिक्षक÷कर्मचारीका बालबच्चा अन्यत्र पढदैनन्, कालिकामै पढछन्।
यौटा अचम्मको कुरा के छ भने कोट पँधेरामा जुन महिनामा दशैं परेता पनि, दशैं छिटो वा ढिलो भएता पनि दशमीका दिन फूलपाती सेलाएदेखि त्यहाँको पानी विस्तारै सानो हुँदै सुक्दै जान्छ ।
देश नम्बर ५ ले आर्थिक वर्ष ०७७/७८ को लागि शिक्षा क्षेत्रमा ९१ करोड रुपैयाँ विनियोजन गरेको छ । कुल ३६ अर्बको बजेट रहेको प्रदेश ५ मा शिक्षा क्षेत्रमा ९१ करोड रुपैयाँ छुट्याएको हो ।