यस पृष्ठमा पोखरा विश्वविद्यालयसँग सम्बन्धित खबर र गतिविधि प्रकाशित हुन्छन् । ६६ वटा कलेजलाई अध्यापनका लागि सम्बन्धन दिएको यो विश्वविद्यालय २०५३ सालमा स्थापना भएको हो । कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको पोखरा विश्वविद्यालयमा केही समयदेखि उपकुलपति पद रिक्त छ । विश्वविद्यालयका बारेमा थप जानकारी यहाँबाट ।
विश्वविद्यालयको रजिस्ट्रार उपकुलपतिको सिफारिसमा कुलपति अर्थात प्रधानमन्त्रीले गर्नुपर्ने प्रावधान छ। गत वर्ष असोजमा पोखरा विश्वविद्यालयको उपकुलपतिको कार्यकाल सकिएको थियो।
पदमा पुगेपछि पदको सम्मान गर्न जानेनन्। दलको घेराभन्दा माथि उठन सकेनन्। दलबाट सिफारिस भएको व्यक्तिले राम्रो काम नगरेको खण्डमा उसलाई ट्रयाकमा ल्याउने जिम्मा दलकै हो।
सरकारको लापरबाहीले एउटा शैैक्षिक धरोहर अस्तव्यस्त बन्दा पनि यसप्रति गम्भीर नबन्नु अचम्म लाग्दो रहेको पोखरा विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरूको भनाइ छ ।
तत्काल कक्षा र परीक्षा नहुने भएपछि गाउँ–गाउँ गएका र अन्य कारणले पढाइबाट टाढा रहेका विद्यार्थीलाई खोज्न विश्वविद्यालय र क्याम्पसलाई हम्मे–हम्मे परेको छ ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले यसको निर्णय गर्ने भएकोले यसबारेमा आफुले धेरै बोल्नुपर्ने स्थिति नभएको शिक्षामन्त्री गिरीराजमणि पोखरेलकाे भनाइ छ ।